बुटवल,७ जेठ ।
बुटवल दिपनगर स्थित सिद्देश्वर लालकुमारी माद्यमिक विद्यालयमा १२ कक्षाका विद्यार्थीहरुको बिदाई भएको छ ।

शनिबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले उनिहरुलाई बिदाई गरेका हुन् ।

विद्यार्थी इशा गुरुङको सभापतित्व र विद्यालयका प्रधानध्यापक दिननाथ गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक लेखनाथ पौडेल,कक्षा १२ कि विद्यार्थी सरस्वती पुरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कृष्ण कुमालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम मनोज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।