काठमाण्डौ,१५ बैशाख ।
त्रिभुवन विश्वविद्यालयले यही बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने भएको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिवि अन्तर्गतका क्याम्पस, विभाग र स्कुलहरुको हकमा आउने २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयद्धारा जारी सूचनामा जनाइएको छ । यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने सूचनामा उल्लेख छ ।

वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा अर्थात सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा भने सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।