कञ्चनपुर,३ बैशाख
झारफुकको नाममा धामीझाँक्रीको कुटपिटबाट कञ्चनपुरको वेदकोट नगरपालिकामा एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वेदकोट नगरपालिका ६ मुसेपानीका ४२ वर्षकी रञ्चुला साउँद रहेकी छन् ।
धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणदत्त भट्टले झारफुकका क्रममा सरिया तताएर कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको गएराति मृत्यु भएको र आज बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको उनले बताए ।

झारफुकमा संलग्न दुवै जनालाई पक्राउ गरिएको र महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पु¥याइएको प्रहरी उपरीक्षक चौधरीले बताए ।