काठमाडौं,२ माघ ।
खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारका लागि तय भएको खेल स्थगित भएको छ ।

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएकाेले नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएकाे भन्दै पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।

अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।

लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीचकाे खेल भने पूर्वनिर्धारित तालिका अनुसार नै सोमबार हुने एन्फाले जनाएको छ ।