काठमाण्डाै,३० पुस । नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ३०६ जना काेराेना संक्रमित निको भएका छन भने थप तीन जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।
यसैबीच नेपालमा शुक्रबार थप ३ लाख २० हजार २ सय ७६ जनाले कोरोनाको खोप लगाएका छन् ।

योसहित नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले एकमात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले दुई मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।