बुटवल,३० पुस ।
लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले माघेसंक्रान्ति मनाउदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाउन आग्रह गरेका छन् ।

माघेसंक्रान्तिकाे अवसरमा आज एक शुभकामना सन्देश जारी गरि प्रदेश प्रमुख शेरचनले शुभकामना सन्देश जारी कोरोना माहामारी तिब्र गतिमा फैलिरहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सकेसम्म घर बाहिर जम्मा भएर भिड भाड नगर्न र संयमित भएर मनाउन आग्रह गरेका हुन् ।
नेपालीहरुको विशेष चाड माघे संक्रान्ति माघि पर्व २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरुमा सुख‚शान्ति समृद्धि एवम् उत्तरोउत्तर प्रगतिको कामना गरेका छन् ।

हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहुजाती‚ बहुभाषिक‚ बहुधार्मिक र बहु साँस्कुतिक विशेषताहरुले भरिपुर्ण र फरक जातीय तथा धार्मिक विविधताले सम्पन रहेको भन्दै प्रदेश प्रमुख शेरचनले माघेसंक्रान्ति,माघी पर्व आ –आप्:नो ठाउँमा हर्ष उल्लास पुर्वक मनाउन समेत आग्रह गरेका छन् ।

नेपालीमा मिश्रीत जातजाती र धर्मालम्बीहरुका आ–आप्:नै किसीमका सांस्कृतीक महत्व बोकेका मौलीक चाडपर्वहरु रहेको जनाउँदै शुभकामना सन्देशमा यी चाडपर्वहरुले नयाँ उमंग र उत्साह साथ एकआपसमा एकता तथा भाइचारा स्थापीत गर्न महत्वपुर्ण भुमीका खेल्दै आएको उल्लेख गरेका छन् ।
तरुल लगायतका कन्तमुल‚ घिउ‚ चाकु तिलको लड्डु तथा खिचडी लगायतका परिकार खाई मनोरञ्जनपुर्वक खुसिसाटासाट गरी मनाइने यस चाडले हामी नेपाली बिच बन्धुत्व एकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने छ भन्दै शुभकामना सन्देशमा हाम्रो देश र प्रदेशको विविध जाती‚भाषा‚सँस्कृती र भेषभुषालाई एकीकृत गरी अगाडी बढेमा मात्र समृद्ध प्रदेश र समृद्ध राष्ट्र निमार्ण गर्न सक्दछौँ भन्ने बिश्वास ब्यक्त गरेका छन् ।
नेपालको संविधान –२०७२ ले विविध जाती‚ धर्म‚ संस्कृती र समुदाएको संरक्षण र सम्बर्धनका लागी अधिकार प्रदान गरेको भन्दै प्रदेश प्रमुख शेरचनले प्राप्त अधिकारकाे सहि सदुपयोग गर्न आग्रह गरेका छन् ।

विगतका राज्यव्यस्थाले सृजना गरेकोे बर्गीय‚ जातीय,क्षेत्रीय‚ भाषिक‚ धार्मिक‚ लैङ्गिक लगायतका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी आर्थीक समानता‚समृद्धी र सामाजिक न्याय सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यवस्था निमार्ण गर्ने सविधानको संकल्प रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा यसै अनुरुप सबै समुदायका चाडपर्वलाई प्रदेश सरकाले समान पुर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व‚सहकार्य,भाइचारा‚ सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्ने बिश्वास ब्यक्त गरेका छन् ।
मुलुकमा मनाईने यस्ता चाडपर्व र सस्कृतीहरुको संरक्षण तथा समब्रधन गर्नु हामी सबैको दायित्व भएको जनाउँदै प्रदेश प्रमुख शेरचनले यस्ता चाड पर्वहरूले नेपाली बिच शान्ती,एकता सद्भाव र सहिष्णुता कायम गर्दै स्वच्छ‚ सुखी‚ र समुनन्त प्रदेश निर्माणमा प्रदेश बासीमा प्ररेणा मिलिरहोस भनि कामना गरेका छन् ।