बुटवल,३० पुुस । रुपन्देहीकाे भैरहवा स्थित बुद्ध चोक भारतीय गाडीले माेटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक को घट्ना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओमसतिया गा पा १ घर भयका ४० बर्षिय दिल बहादुर बस्याल रहेका छन् ।
बुटवल बाट सुनौलितर्फ जादै गरेको युपी ४२ एसपी ४३५२ नम्बरको भारतीय ट्रकले बाटो क्रस गर्ने क्रममा लु १८ प ५७१६ नम्बर को मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक को घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयवासीकाे कुटपिटबाट ट्रक चालक घाइते भएका छन् ।
स्थानीयकाे कुटपिटबाट घाइते भएका चालक लाई उपचारका लागि भिम हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।