बुटवल,३० पुस ।

बुटवलकाे मिलनचाेक स्थित निर्माणाधीन प्लान बी डान्स क्लवमा आगलागी भएको छ ।
बुटवल उपमहानगरपालिका–९ को सिद्धार्थ कटेज छेउमा प्लान बी डान्स क्लबको बन्दै गरेको भवनमा दिउँसो साढे १२ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल प्रयोग भइरहेको र भैरहवा,तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको प्रहरीले जनाएको छ ।

आगलागीकाे कारण बारे अहिलेसम्म थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।