पाल्पा,३० पुस ।
नेपाली कांग्रेस पाल्पाले जिल्लाका ८१ वटै वडाहरूमा एकसाथ बैठक सम्पन्न गरेको छ ।

बिहीबार सम्पन्न बैठकले आगामि निर्वाचनलाई मध्यनजर गरी जिल्लामा पार्टीलाई थप सकृय बनाउदै जनताको सेवामा समर्पीत हुने निर्णय गरेको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेस पाल्पाले जिल्लाका ८१ वडाको एकसाथ बैठक बस्ने र वडाका महाधिवेशन प्रतिनिधिहरूले माघी पर्वलाई अस्त्रको रूपमा लिई त्यस्लाई अर्जुन दृष्टि बनाएर पार्टीका बैठक बसाल्ने र मतादाता संकलन एवम ७० बर्षमाथिका कृयाशील कांग्रेसमा आस्थावान व्यक्तिहरूसँग छलफल तथा बैठक बसी प्रतिवेदन बुझाउने निर्णय गरे बमोजिम ८१ वटै वडामा बैठक सम्पन्न भएको सभापति श्रेष्ठले बताए ।

यसैबीच नेपाली कांग्रेसका सभापति हिमाल दत्त श्रेष्ठ पनि आफ्नो वडा तानसेन नगरपालिका वडा न २ को बैठकमा उपस्थित भएका थिए ।

बैठकमा सभापति श्रेष्ठले जिल्लाको ८१ वडामा एकै दिन बैठक बस्ने निर्णय बमोजिम आफ्नो जन्मस्थल वडा न २ मा सहभागी भएको बताउदै आगामी निर्वाचनलाई केन्द्रित गरि ८१ वटा वडाका मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका नागरिकहरूको मतदाता नामावली संकलन गर्ने,नेपाली कांग्रेसमा आस्थावान ८१ वटै वडाका जेष्ठ नागरिकहरूसँग बैठक बसि सुझाव संकलन गर्न आग्रह गरे ।

श्रेष्ठ नेपाली कांग्रेस पाल्पाको सभापतिमा निर्वाचित भई वडाको नाम र गरिमा उच्च बनाउने कार्य गरेकोमा वडा समितिले बधाई एवम शुभकामना व्यक्त गरेको वडा न २ का वडा सभापति बिनायक महर्जनले जानकारी दिए ।