काठमाण्डौ,२८ पुस ।
नेपालमा बुधबार थप तीन हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २३ दशमलव ५८ प्रतिशत हो । पीसीआर परीक्षणको संक्रमण दर भने २७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।
यस्तै पछिल्लो २४ घण्टामा २७८ जना संक्रमित निको भएका छन भने थप दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्ये एक हजार ५३८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

हाल नेपालमा ११ हजार ६९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको छ ।