बुटवल,२७ पुस ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा पंचे बाजा र झाँकि सहित शोभा यात्रा निकालेको छ ।

राप्रपा बुटवल नगर समितिको आयोजनामा बुटवल गोलपार्क स्थित दुर्गामन्दिरबाट सुरु भएको पृथ्वीनारायण शाहाको तश्बिर सहितको शोभा यात्रा बुटवल नगर परिक्रमागरी पुन दुर्गा मन्दिरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा राप्रपाका पुर्व केन्द्रीय सदस्यद्धय शक्ति प्रसाद सापकोटा र इर्शाद आलम,राप्रपा नगर अध्यक्ष नीरज प्रताप खाँण लगायतका पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रम संयोजक प्रदिप शेरचनले जानकारी दिए ।