दाङ,२७ पुस । दाङको लमही स्थित एक कपडा गोदाममा आगलागी हुँदा २५
लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्लाकाे लमही नगरपालिका वडा नम्बर–५ लमही गल्लीमा रहेको सतिश गुप्ताको कपडा गोदाममा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कपडा राखेको दुई वटा कोठा र गुप्ता सुत्ने कोठा जलेर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लमही नगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका छन् ।

विद्युतकाे तार सर्ट भएर भएको आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।