काठमाडौं,२६ पुस ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

सीसीएमसीको सिफारिस अनुसार माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
यद्यपी मन्त्रालयलले त्यस सम्बन्धी सूचना भने जारी गरिसकेको छैन ।

पछिल्लो समय कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।