बुटवल,२६ पुस । काे लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य रमा अर्यालले गुल्मीमा अवस्थित मालिका मन्दिर र रुपन्देही सैनामैनाकाे मालिका माईको थप संबर्धनका लागि आर्थिक सहयोग जुटाउने प्रतिवद्वता जनाएकी छन् ।

गुल्मी सिर्सेनी सम्पर्क समाज रुपन्देहीद्वारा आयोजित बृहत भेला कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले उक्त प्रतिवद्वता जनाएको सम्पर्क समाजले जनाएको छ ।
प्रदेश सभा सदस्य अर्यालले मालिका प्रतिको आस्थालाई अझै व्यापक गर्ने उद्देश्य सहित रुपन्देहीको सैनामैनामा निर्माण हुन लागेको मन्दिरलाई समेत आवश्यक आर्थिक सहयोग जुटाउन प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएकी हुन् ।
कार्यक्रममा सिमली डेन्टल क्लिनिकका संचालक महेन्द्र अर्यालले समाजकाे अगुवाइमा डेन्टल शिविर आयोजना गरे त्यसका लागि डाक्टर सहित रु एक लाख बराबरको प्रवाधिक सहयोगको लागि प्रतिबद्धता जनाएका थिए ।
गुल्मीको सिर्सेनीमा जन्म भै विभिन्न पेसा, व्यवसाय,बसाई सराई तथा अध्ययनको शिलशिलामा रुपन्देही तथा यसको आसपासको क्षेत्रमा रहेकाहरूलाई संगठित तथा एकीकृत गर्नका लागि गएको कार्तिकमा तदर्थ समिति गठन गरी समाज निर्माण भएको जनाइएको छ ।
भेलाले सिफारिस गरेको महेन्द्र अर्याल संयोजक रहेको निर्वाचन मण्डलले साविकको तदर्थ समितिलाई सामान्य हेरफेर सहित भीष्म राज अर्यालको अध्यक्षतामा उन्नाइस सदस्यीय र पछि कार्यसमितिले आवश्यकताको आधारमा छ जना थपेर पच्चीस जना सम्म गराउन सक्नेगरी उन्नाइस जनाको कार्य समिति सर्व सम्मत चयन गरेको छ ।
विभिन्न ठाउँमा रहेका सिर्सेनी बासीलाई संगठित र तिनको समस्यामा पुलको काम गर्ने र हिजो देखि समाजमा चल्दै र मान्दै आएका धर्म, लोक संस्कृति, सांस्कृतिक पहिचान र तिनको संरक्षणका लागि संस्था गठन गरेको समितिका उपाध्यक्ष तथा पत्रकारऋषि भट्टराईले बताए ।