‘बजारमा बिक्नसक्ने जनशक्ति उत्पादन गर्ने विश्व विद्यालय स्थापना गर्नुपर्नेमा जोड’

बुटवल,२५ पुस ।
लुम्बिनी प्रदेशका शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले लुम्बिनी प्रदेशको विश्व विद्यालय प्रदेशकै गहनाको रुपमा विकास गरिने बताएका छन् ।

शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्रालयद्धारा आइतबार बुटवलमा आयोजित ‘लुम्बिनी प्रदेशमा उच्च शिक्षाको सम्भावना र प्रदेश विश्व विद्यालय स्थापना’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खाँ ले प्रदेश विश्व विद्यालय स्थापना अन्तिम चरणमा पुगेको भन्दै विश्व विद्यालयलाई प्रदेशकै गहनाको रुपमा विकास गर्ने योजना रहेको बताए ।

प्रदेश विश्व विद्यालय स्थापना गर्ने बिषयमा मन्त्रालयले सरोकारवालाहरुसँग पटक÷पटक छलफल र अन्तरक्रिया गरेको बताउदै मन्त्री खाँ ले सरोकारवाला पक्षबाट आएका गहन राय सुझावहरुलाई आत्साथ गरी विश्व विद्यालय स्थापना गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा प्रदेशको कानून,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिब राजेन्द्र थापाले अन्तराष्ट्रिय जगतमा विश्व विद्यालयको अभ्यास र नेपालमा भएका अभ्यासका बारेमा जानकारी गराउदै विश्व विद्यालय ब्यवसाय नभएको बिचार ब्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा प्रदेशका शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिब टिकाराम अर्याल र राममणी क्याम्पसका सह प्राध्यापक अशोक भण्डारीले विश्व विद्यालय स्थापना सम्बन्धी छुट्टा छुट्टै अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादब,खाद्य प्रबिधि,कृषि तथा भूमि ब्यवस्था मन्त्रालयका सचिब शान्ता कार्की,भौतिक विकास मन्त्रालयका सडक पूर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डे,प्राध्यापक गितु गिरी,शिक्षा,विज्ञान,युवा तथा खेलकुद मन्त्रालय शिक्षा तथा सामाजिक विकास महाशाखा प्रमुख मनोज गैरे,बुटवल बहुमुखी क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपाने,लुम्बिनी बाणिज्य क्याम्पस बुटवलका प्राध्यापक टंक न्यौपाने,शिक्षा क्षेत्रका अगुवा आनन्दमान शाक्य,भैरहवा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख अनिलकुमार झा,पक्लिहवा कृषि क्याम्पस भैरहवाका प्राध्यापक रामभजन मण्डल,बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराई,शिक्षा पत्रकार समूहका उपाध्यक्ष कृष्ण मल्ल,एप्पल कम्पनीमा कार्यरत नेपाली इन्जिनियर सुदिप भट्टराई लगायतले प्रदेश लगागत देश विदेशमा बिक्न सक्ने खालको जनशक्ति उत्पादन गर्ने खालको विश्व विद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।