बागलुङ, २० पुस ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।

बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको काम पढाउने भएकाले विद्यालयसमयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गरेका हुन् ।

‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले ‘ भन्ने’ ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीहरुको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’

शिक्षामन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरुको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औं सशोधन गराएर विज्ञापन खुलाउन सफल भएको उनले बताए ।
विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै उनले शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन समेत आग्रह गरे ।

राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य रहेको बताउँदै उनले प्राविधिक शिक्षालाई मन्त्रालयले जोड दिएको उल्लेख गरे । ‘आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,’ उनले भने, ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।,५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थलानी भएको बताउँदै शिक्षा मन्त्री पौडेलले ३ हजार ३ सयभन्दा बढि शिक्षकहरु बढुवा हुने बताए ।