काठमाडौं,२० पुस । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् ।

कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

भारतमा कोरोना संक्रमण फैलिदो क्रममा छ । राजधानी नयाँदिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एजेन्सी