बुटवल,१९ पुस । बुटवल ढवाहा स्थित वेस्टर्न मेघा कलेजले आइतबार कोबिड –१९ तथा विभिन्न दुर्घटनामा परि ज्यान गुमाएका बिध्यार्थी तथा कर्मचारीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्व दिपक पान्डेय, स्व इन्द्र बहादुर राना,स्व हेमराज चन्द ठकुरी,स्व अर्जुन कुमार अधिकारी, स्व सन्जु खनाल र स्व गणेश पोख्रेलको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरेको कलेजले जनाएको छ ।
रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको कलेजले जनाएको छ । जसमा कलेजका विभिन्न कर्मचारी तथा बिद्यार्थी गरि ४५ जनाले रक्तदान गरेका थिए ।
रक्तदानसँगै कलेजले खेल्कुद सप्ताह कार्यक्रमको पनि उद्घाटन गरेको छ ।
रक्तदान संगसंगै सुरु भएको खेलकुद सप्ताह अर्को साताको आइतबार ट्राफिक सचेतना कार्यक्रम संगै अन्त्य हुने कलेजले जनाएको छ ।

स्वस्थ मानिसले प्रत्येक ३ महिनामा रक्तदान गर्न सकिने र रक्तदान गर्दा शरीरलाई कुनै प्रकारको असर नगर्ने भएकोले साेही कुरालाई मध्नजार राखेर प्रथम पटक रक्तदानमा सहभागी भएको विद्यार्थी को भनाई छ ।

प्रत्येक संस्था र व्यक्तिले रक्तदानमा सहभागी हुनहो भने रक्त संकट नहुने र विद्यार्थीहरुलाई सामाजिक उतरदायित्व वाहन गर्न सिकाउन यस्ता कार्यक्रम उपयोगी हुने कलेजका अध्यक्ष मेघराज पन्थले बताए ।
आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडद्वारा सन्चािलत वेस्टर्न मेगा कलेजले बि एच एम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।