बुटवल,२ पुस । गृहमन्त्रालयले पौष ४ गते अर्थात आइतबारको दिन सार्वजनिक बिदा दिएको छ ।
उघौली पर्व, योमरी पुन्ही – ज्यापू दिवसको अवसरमा देशभरका समुदायमा बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमत्रालयले जनाएको छ ।
पौष १ गते बसेको मन्त्रीपरिषद बैठकले आइतबार बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव वसन्त भट्टराईद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।