बुटवल,१४ मंसिर ।
सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुनः निरु गौतम (निरा) चयन भएकी छन् ।

मँगलबार तिलोत्तमामा सम्पन्न समूहको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा गौतमलाई चयन गरेको हो ।

समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसहमतिमा चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही र सुमित्रा चापागाईं रहेका छन् । थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी गराइन् ।

नवनिर्वाचिन समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ खुवाइन् ।
अध्यक्ष गौतमले सञ्चारिकका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।