बुटवल,१४ मंसिर ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले प्रदेशको संचार नीति संचारमैत्री हुनेमा ढुक्क हुन पत्रकारहरूलाई आश्वस्त पारेका छन् ।

मंगलबार रूपन्देहीको शंकरनगरमा आयाेजित सञ्चारिका समूह रूपन्देहीको ११ आै साधारणसभा तथा अधिवेशन एवं सञ्चारिका सम्मान कार्यक्रममा मन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

‌संचारमाध्यम राज्य र समाजको आखा भएको बताउदै मन्त्री शर्माले मिडिया र पत्रकारहरूलाई कमजोर पार्ने काम प्रदेश सरकारले कदापि नगर्ने दृढता ब्यक्त गरे ।
प्रदेश सरकार पत्रकारहरूसँग हातेमालो गरेर अगाडि बढ्ने प्रदेश सभामा पेस भएको संचार विथेयक फिर्ता कि संसाेधन भन्ने भन्दा पनि पत्रकारहरूले उठाएका माग सम्बाेधन भए कि भएनन् भन्ने महत्त्वपूर्ण रहेको भन्दै उनलेे विधेयकमा पत्रकारहरूले उठाएका बिषय सम्वाेधन गर्ने विश्वास ब्यक्त गरे ।
‌मन्त्री शर्माले सञ्चार विधेयकमा समावेश हुनुपर्ने सबै विषयहरु समेटेर विधेयकलाई संचारमैत्री बनाइने बताए ।

सो अवसरमा नेपाल पत्रकारमहासंघ लुम्बनीका महासचिव बिक्रम खड्काले प्रदेश सभामा प्रस्तुत विधेयक फिर्ता हुनु पर्ने बताए । प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्ने गरि ल्याइएको विधेयकले पत्रकारहरु समाचार लेखेकै भरमा जेल जानू पर्ने उल्लेख गरिएको भन्दै गुनासो गरे । उनलेे सञ्चारिका समूहले महिलाहरुलाई सञ्चार क्षेत्रमा संगठित गर्नुका साथै नयाँ पुस्तालाई समेत आकर्षित गरेको उल्लेख गरे ।

पत्रकारमहासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सञ्चारिका समूहले महिला पत्रकारहरुलाई संगठित गरेको भन्दै उनीहरुको क्षमता बिकासमा समेत भूमिका खेल्न आग्रह गरे । पेसालाई मर्यादित बनाउँदै नयाँ पुस्तालाई आर्षित गर्नेकाममा महासंघको सधै साथ रहने उल्लेख गरे । सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पाणडेले महिला पत्रकारहरुको क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताइन् ।

सामाजिक रुपमा महिलाहरुप्रति गरिने व्यवहार अहिले पनि परिवर्न नभएको गुनासो गर्दै पाण्डेले त्यसका विरुद्ध सञ्चारिका समूह लागिरहेको उल्लेख गरिन् । अधिवेशनको अवसरमा समूहले सञ्चारिका समूह लुम्बिनी प्रदेशकी महासचिव अमृता अनमोललाई सम्मान गर्ने घोषढा गरेको छ । सञ्चारिका समूहको स्थापना, संगठन विस्तार र विकासमा सहयोग गरेको भन्दै सम्मान गरिएको रुपन्दी अध्यक्ष निरा गौतमले बताईन । आगामी नयाँ नेतृत्व चयन गर्ने गरि भएको अधिवेशनले सहमतीमै नयाँ नेतृत्व पाउने उपाध्यो मिना ढकालले बताइन ।

अन्य संघ(संस्थाहरुमा जस्तो नेतृवका लागि विवाद तथा प्रतिस्पर्धा नहुने बताउँदै उनले आपसी सहतीमै नेतृत्व टुङ्गो लाग्ने बताएकी हुन् । कार्यक्रमको सञ्चालन अस्मीना पाण्डेले गरेकी थिइन ।