गुल्मी,१३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासकाे पक्षमा लाग्नुपर्ने वताएका छन ।

साेमवार गुल्मीकाे सदरमुकाम तम्घासमा जिल्ला कमिटी गुल्मीले आयाेजना गरेको वैचारिक,राजनीतिक तथा संगठनात्मक प्रशिक्षण कार्यक्रममा वाेल्दै नेता चाैधरीले समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्नेमा जाेड दिए ।
पुँजीवादलाई निर्मुल पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने भन्दै उनलेे दलाल पूँजीवादको शोषणमा पर्ने दिन अब समाप्त हुने वताए ।
अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने वेला आएकाे छ उनले भने`अब दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ ।´
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका उनले केपी वलीकाे पार्टी समाप्त हुदै गएकाे बताए ।
अहिले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेकाे दाबी गरे । एमाले पार्टीको चितवनमा जारी महाधिवेशन मा केपी बाले नाम पढेर केन्द्रीय कमिटी घाेषणा गर्ने कार्यक्रममा सहभागी प्रतिनिधिहरुसगँ मेराे कुरा भएको छ उनले भने`केपी वाले टिक्न नदिने भए, ब्यक्ति हावी भयाे हामी तपाईंको पार्टीमा आउछम भनेर धेरै फाेन आएकाे छ ।´ उनलेे मुलुककाे अवकाे नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने वताए ।
बाहिर केपी वलीसगं एक्लै लडन नसकेर गठवन्धन गरिएको भन्दै हल्ला फैलाईएकाे भन्दै उनलेे त्याे भ्रम मात्रै भएकाे वताए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!