बुटवल,१३ मंसिर । रूपन्देहीको तिलाेत्तमा नगरपालिकामा नक्सा पास र योजनाको सम्झौताका लागि अब नगरपालिका धाउन नपर्ने भएको छ ।
नगरपालिकाले वडा कार्यालयहरूबाटै घरनक्सा पास तथा बिकाश निर्माणका योजनाहरुकाे काम वार्डबाटै हुनेगरि ब्यवस्थापा मिलाएपछि घरनक्सा पास र योजनाकाे कामका लागि अब नगरपालिका धाउन नपर्ने भएको हो ।
अब नक्सा र योजना सम्झौता तथा सम्पन्न भएको प्रमाण लिन नगरपालिका आउन नपर्ने गरि सेवा बिस्तार गरेकाे सेवाप्रबाह शुरु गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिए ।
यसले सेवाग्राहीहरुलाई छिटोछरितो, सहज रूपमा सेवा प्राप्त गर्न र मितव्ययी अपनाउन सहयोग पुग्ने उनलेे बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आइतबार वडा नम्बर–४ बाट सो सेवा शुभारम्भ गरेका हुन् । साे अवसरमा उनलेे अब सेवाग्राहीलाई थप सहज, बिना झन्झट, समय र पैसाको बचत हुने गरि नगरपालिका अगाडी बढेको बताए ।

नगरपालिकामा भैसकेका सम्झौतासंगै वार्ड तहका योजनाको सम्झौता तथा नगर भित्रका घरनक्सा पाससम्मको प्रक्रिया अब वार्डबाटै हुने प्रमुख प्रशासकीय अधिकृत पौडेले जानकारी गराए ।

लुम्बिनी प्रदेशको सुगम नगरपालिका तथा देशमै उत्कृस्ट नगरको रुपमा पुरस्कृत हुन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ नयाँ काम गरेर बेला–बेलामा चर्चामा आउने गर्दछ ।