‘देशमा फेरि प्रतिगमनको खतारा’

बुटवल,१२ मंसिर ।
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामि निर्वाचनबाट पार्टी देशको बैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार बुटवलमा आयोजित पार्टीको रुपन्देही क्षेत्र नं २ स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले मुलुकका पुराना पार्टी नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरुको भन्दा फरक बिचार, सिद्धान्त र कार्यक्रम अगाडी बढाएकोले आगामि निर्वाचनबाट पार्टी देशको बैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका हुन् ।

पुराना दलहरु र तिनका सोच एवं र्काशैलीले मुलुकमा आमूल परिवर्तन सम्भव नरहेको भन्दै उनले मुलुकको आमूल परिवर्तनका लागि वैकल्पिक राजनीतिक शक्ति आवस्यक रहेको र त्यो आवस्यकता जनता समाजवादी पार्टीले पूर्ती गर्ने बताए ।

पुराना तथा ठूलादलहरुले कमिशन र भ्रष्टाचार गरेर थुपारेको धन र शक्तिको आडमा लाखौं मान्छे जम्मा गरेर जनतामा भ्रम छर्ने काम गरेको भन्दै भट्टराईले उनिहरुले देखाएको तडक भडक र आफुलाई राजा महाराजा र भगवानको अवतारको रुपमा प्रस्तुत गर्ने प्रबृत्तिले मुलुमा पुनः प्रतिगमन निम्त्याउने खतरा रहेको बिचार व्यक्त गरे ।

तत्कालीन अवस्थामा केपी ओलीले दुई दुई पटक संसद बिघटन गरेर हालको ब्यवस्थालाईनै विघटन गर्नेे प्रतिगमनलाई गठबन्धन बनाएर रोक्न सफल भएपनि मुलुकमा फेरि प्रतिगमनकारी गतिविधि देखिन थालेकोमा भट्टराईले चिन्ता ब्यक्त गरे ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले अहिलेको गठबन्धन निर्वाचनसम्म एक भएर जानु उपयुक्त हुने भन्दै अग्रगामी दलहरुका बिचमा पनि गठबन्धन जरुरी रहेको बताए ।
कार्यक्रममा जसपाका बरिष्ठ नेता अशोक राईले नेपाली कांग्रेस यथास्थितिवादी पार्टी भएको र एमाले पतनको बाटोमा हिडेकोले पतन भएरै छाड्ने दाबी गरे ।
कार्यक्रममा पार्टीका नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, श्रम रोजगार तथा यातायात मन्त्री पुर्मती ढेँगा, जनता समाजवादीका केन्द्रीय सल्लाहाकर समितीका अध्यक्ष विष्णुहरि शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, केन्द्रीय सदस्य मनिकर कार्की, बिमल गिरी, छन्द पन्थी, पंकज राई लगायतका नेताहरुले आ आफ्नो भनाई राखेका थिए ।

सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी ५० जना जनता समाजवादीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।