बुटवल,११ मंसिर । गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको संयुक्त आयोजनामा वुटवल २ मा रहेको शिद्धबाबा दुर्गा भवानी शिवकुमारी शैंजु बृद्धआश्रमलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ ।

मिलिजुली परिवारले सामाजिक संजाल टिकटकबाट जुटाएको पैसाले आश्रममा आश्रीत ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको हो ।
तराईमा जाडो बढेसँगै ज्येष्ठ नागरिकलाई जाडोयामबाट बच्नको लागि न्यानो कपडा वितरण गरिएको मिलिजुली परिवारले जानकारी दिएको छ ।
मिलिजुली परिवारका संयोजक रारा सैजु (रेखा)ले टिकटकबाट लाईभ बसी कमाएको पैसा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको जानकारी दिईन ।
अहिलेसम्म देशभरका ४६ स्थानमा मिलिजुली परिवारले सहयोग गर्दै आएको र अब शिक्षा तर्फ छात्रबृत्ति कोषको स्थापना गरिने उनलेे जानकारी दिइन । उनले टिकटकलाई मनोरञ्जनको साधन मात्र नभएर आफ्नो कला प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा उपयोग गर्न सकिने दाबी गरिन् ।
विभिन्न आश्रममा मिलिजुलीले आद्यान्न तथा नगद सहयोग गर्दै आएपनि अब गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विद्यालयमा छात्रबृत्ति सञ्चालन गरिने उनले बताईन ।
सैंजूले आफ्ना सुसरा समाजसेवी गणेशमान शैंजुको प्ररेणाबाट सामाजिक क्षेत्रमा काम गर्दै आएको बताईन । दुर्गा भवानी शिवकुमारी शैंजू बृद्धआश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले आश्रमले अहिले बालआश्रम पनि सञ्चालनको तयारीमा रहेको जानकारी दिए । त्यसको लागि अहिले भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए ।
यस्तै गणेशमान कृष्ण प्यारी स्मृति प्रतिष्ठानका संरक्षक अनुपमान सैंजुले मनुष्य भएर जन्मिएपछि आफ्नो लागि मात्र नभएर अरुको लागि पनि केही गर्नु पर्ने शोच बनाएर सामाजिक क्षेत्रमा लागेको बताए ।
बुबा गणेशमानको प्ररेणाबाटै आफु साजिक क्षेत्रमा लागेको उनले बताउँदै बुबा आमाको नाउमा अहिले आश्रम सञ्चालनमा भएको जानकारी दिए ।
विश्व हिन्दु महासंघ महिला समितिका महासचिब सुजिता सैजु, राधेराधे परिवारका सचिब धनमाया भट्टराई लगायतले बोल्दै सामाजिक सञ्चालको सदुपयोग गर्दै सामाजिक क्षेत्रमा लाग्न सकिने उदाहरण मिलिजुली टिकटक परिवारले पुष्टि गरेको बताए । यस्तै प्रतिष्ठान र मिलिजुली परिवारले बृद्धआश्रममा कार्यरत कृष्ण बहादुर रेश्मीलाई पनि सहयोग गरेको छ । मृगौंला रोगबाट पिडित भएका उनलाई १ लाख ५ हजार ५ सय ५५ रुपैंया प्रदान गरिएकाे परिवारका सल्लाहाकार माधव भट्टराईले जानकारी दिए ।