बैतडी,६ मंसिर । बैतडीमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु छ ।

गएराति दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट छुटेको म १ ज ३१० नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार गम्भीर घाइते भएका जीप चालक डडेलधुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दुर्घटनामा दशरथचन्द -६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । जिल्लामा उपचार हुन नसकेपछि उनलाई धनगढी रेफर गरिएको छ ।

­