बुटवल, ११ असोज ।
कोभिड–१९ का कारण प्रभावित पेशा व्यवसाय पुनरुत्थानको सवालमा सरकार जिम्मेवार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

४२ औ विश्व पर्यटन दिवशका अवसरमा सोमवार बुटवलमा आयोजित ‘कोभिड ले पर्यटन व्यवसायमा पारेको प्रभाव र पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै उनिहरुले कोभिडले पर्यटन व्यवसाय थला पारेको तर सरकार जिम्मेवार हुन नसकेको गुनासो गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाका सदस्य भोज प्रसाद श्रेष्ठले नागरिक समाज र पेशा व्यवसायगत संघसंस्थाहरु राजनीति भन्दा वर्गीय र विषयगत रुपमा संगठित हुन जरुरी रहेको बताए ।

नागरिक समाजले सरकार फेरबदल गर्ने हैसियत राख्ने भन्दै उनले दलीय स्वार्थवाट अलग भएर राज्यसंग राहातका लागि सामुहिक पहल गर्न सुझाव दिए ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले कोभिडले पारेको प्रभावको राहातका लागि प्रभावितहरु संगठित भएर एकै स्वरमा आवाज बुलन्द गर्न जरुरी रहेको बताए । सरकार जिम्मेवार नहुदाँ व्यवसायीहरु थप पीडित भएको उनको भनाई छ ।

ले व्यवसायीहरुले पर्यटनलाई राज्यको प्रमुख आम्दानीको आधार वनाएर प्याकेज घोषणा गरि आन्त्तरिक पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम ल्याउन माग गरेको बताए ।

संघका अध्यक्ष राम प्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका सहकोषाध्यक्ष मोदनाथ वेल्वासे, प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका निर्वमान अध्यक्ष समुन्द्र जिसी,कार्यक्रम संयोजक वाबुराम गौतम, महासचिव माधव कुमार खनाल,सिद्धार्थनगर होटल संगठनका पिताम्वर न्यौपाने, लुम्बिनी होटल संघका लिलामणी शर्मा लगायतले व्यवसायीले भोग्नु परेका समस्याका वारेमा आ आफ्नो भनाई राखेका थिए ।

कोभिड १९ ले पर्यटन, यातायात लगायतको क्षेत्रमा बढी प्रभावित गरेको र यस पेशामा लागेकाहरुको अवस्था दयनीय भएको भन्दै व्यवसायीहरुले राज्यले राहात प्रदान गनुपर्र्ने माग गरे ।