काठमाडौं, ११ असोज ।
नेपालमा साेमबार थप १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २६२ जना काेराेना संक्रमित निको भएका छन् भने ७ जना संक्रमितकाे मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ६२ हजार ४१६ जना काेराेना संक्रमित निकाे भएका छन् भने ११ हजार १०१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८५, कास्कीमा ८१, मोरङमा ८०, ललितपुरमा ६६, चितवनमा ५५, सुनसरीमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ४४, भक्तपुरमा ४३, झापामा ३०, नुवाकोटमा १९, बाँकेमा १५, धादिङ र कैलालीमा १४/१४ जना, मकवानपुरमा १३, काभ्रेमा ११ र बागलुङमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।