बुटवल,११ असोज ।
घर निर्माण गर्ने क्रममा खसेर बुटवलमा एक जना मिस्त्रीको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही निर्माणाधीन घरबाट खसेर बाँकेको कोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्द प्रसाद थारु घाइते भएका छन् ।

उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।