बुटवल,९ असाेज ।

नेपाली कांग्रेसकाे १४ औ महाधिवेशन अन्तर्गत शनिवार भएको बुटवल उपमहानगरपालिकाकाे अधिवेशनबाट सभापतिमा संस्थापन इतर समूहका खेलराज पाण्डे भारी मतले बिजयी भएका छन् ।
संस्थापन समूहका रीता केसी क्षेत्रीलाई भारी मतान्तरले पराजित गर्दै पाण्डे सभापतिमा पुनः निर्वाचित भएका हुन् ।
पाण्डेयले ४१२ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुँदा रीता केसीले १२४ मतमात्रै प्राप्त गरिन ।
यस्तै उपसभापतिमा पाण्डेय प्यानलकै ज्योती भन्डारी र हितमान पून, सचिवमा गङ्गा पन्थी र छाया पोख्रेल निर्वाचित भएका छन भने सहसचिवमा देवलाल अर्गली र केसी प्यानलका गणेश घिमिरे मात्रै निर्वाचित भए ।

यस्तो छ मतपरिणाम :

सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४

उपसभापती
ज्योति भण्डारी ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२

सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८

सहसचिव :
देवलाल अर्गली २९७
पुरोसत्तम खनाल २६९
गणेश घिमिरे ३००
सूदन बास्कोटा १६६ब