काठमाडौं, ६ साउन । नेकपा एमाले भित्रकाे बिवाद उत्कर्षमा पुगेका बेला दुवै समूहमा युवा दस्ता व्युताउने हाेड चलेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले युथ फाेर्स व्युताएसँगै बरिस्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउन लागेको हो ।
एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो ।

तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने तयारी गरेको हो ।

सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको युवा संघका उपमहासचिव सञ्जीप राईले बताए । पीभीको बिहीबार माधव नेपालले घोषणा गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

यसअघि माधव समूहकै अखिलले पनि तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो । एमालेभित्र विवाद बढ्दै गएका बेला दुवै समूहले युवा परिचालन हुने संगठन ब्युताउने गरेका छन् ।