काठमाण्डाै,४ असार । नेपालमा शुक्रबार थप २ हजार ७६८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ५५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९६३ जना र ५ हजार ४६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार २० जना काेराेना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोना ५ लाख ४९ हजार ६८२ जना काेराेना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा र यसअघि छुटेका सहित ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससहित नेपालमा ८ हजार ६४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ५९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन् ।