काठमाडौं,७ कार्तिक ।
धानमन्त्री केपी शर्मा ओलीले दसैं शुभकामनामा प्रयोग गरेको पुरानो नक्साप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटर मार्फत
धानमन्त्री केपी शर्मा ओलीले दसैं शुभकामनामा प्रयोग गरेको पुरानो नक्साप्रति आपत्ति जनाएका हुन् ।

संदले पारित गरेको चुच्चे नक्साको स्थानमा प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गरेपछि कांग्रेस प्रवक्ताले शर्माले नक्सा पनि असुरक्षित रहेको टिप्पणी गरेका छन् ।

पुरानै नक्सा प्रयोग गर्न थालिएपछि भूमि आउनेमा आशंका गर्दै उनको प्रधानमन्त्रीलाई प्रश्न छ,‘नक्सा असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?’

नेपाली भूमि नसमेटिएको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने शर्माले ट्विटमा लेखेका छन् ।

लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस् !

देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?