बुटवल,६ कार्तिक ।
नजिकिदै गरेको बिजया दशमीलाई लक्षीत गरी कञ्चन गाउपालिकाको मुख्य बजार क्षेत्र हरैयामा सरसफाई गरिएको छ ।

बिजया दशमीको शुभ अवसर पारेर दशैंको कञ्चन गाउपालिका वडा नं. ३ को वडा कार्यलय, साथी सञ्जाल,रुद्रपुर,हरैया बजार टोल बिकास संस्था,लाली गुराँस युवा क्लव र हरैया बजार ब्यबस्थापन समितिको संयुक्त आयोजनामा हरैया बजार क्षेत्र वरीपरी सफाई गरिएको साथी सञ्जालका बिष्णु नेपालीले जानकारी दिए ।

कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कुनै पनि गाउको सुन्दरता त्यस ठाउमा हुने नियमित सरसफाईले निर्धारण गर्ने भन्दै आफ्नो ठाउको सफाई आफैले गर्नु पनमा जोड दिए ।

कुनै अवसर पारेर कुनै संघसंस्थाले त्यो दिन मात्र उक्त क्षेत्रको सफाई गर्ने तर स्थानीयहरुले दिनहु सफाई गरिरहे आफ्नो क्षेत्र र ठाउको सुन्दरता देखिने बताउदै उनले सफाई गर्दा निस्केको फोहोरलाई उचित ठाउमा ब्यबस्थापन गर्नुपर्ने बताए ।

वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले वडाले आयोजना गरेको सरसफाई कार्यक्रममा बजार क्षेत्रका स्थानियवासी,संघसंस्था,आमा समूह,क्लव र साथी संजालको उत्साहमय सहभागिताले वडालाई अझ हौसला मिलेको बताए ।