काठमाडौं,६ कार्तिक ।
राष्ट्रिय जागरण मञ्चका अभियन्ता नरबहादुर कार्की पक्राउ परेका छन् ।

राष्ट्रिय स्वाधीनता र भ्रष्टाचारका बिरुद्ध आवाज उठाउदै आएको राष्ट्रिय जागरण मञ्चमा सक्रिय कार्कीलाई प्रहरीले पक्राउ गरेको २१ दलीय गठबन्धनले जनाएको छ ।

सरकारका विरुद्ध मोर्चाबन्दी गरेका २१ दलीय गठबन्धनका तर्फबाट सिपी गजुरेलले बिहीबार विज्ञप्ति जारी गरी कार्की पक्राउ परेको जनाएका हुन् ।
मोटिभेसनल स्पिच दिने व्यक्तिका रुपमा चिनिएका कार्की जाजारकोटका हुन् ।

राष्ट्रिय जागरण मञ्चमा आबद्ध भई जनपक्षीय आवाज उठाउँदै आएका कार्कीलाई नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका कार्कीलाई हाल टेकु राखिएको पारिवारिक स्रोतलाई उदृत गर्दै २१ दलीय गठबन्धनले जनाएको छ ।