बुटवल,६ कार्तिक ।
बुटवलका ३१ सहित रुपन्देहीमा बिहीबार थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३३ महिला र ५० पुरुष सहित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ४ सय ३० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ३१ जना, सिद्धार्थनगर नगरपालिकामा २१ जना, तिलोत्तमा नगरपालिकामा ३६ जना, सैनामैना नगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ३ जना, ,रोहिणी गाउपालिकामा २ जना तथा ओमसतिया गाउपालिका, सियारी गाउपालिका,कञ्चन गाउपालिका र सुद्धोधन गाउपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म ३ हजार १ सय ५१ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन भने ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देहीमा २ हजार २ सय १८ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।