काठमाण्डौ,६ कार्तिक ।
बडादशैँको छैठौं दिन आज कात्यायनी भगवतीको पूजा गरि मनाइँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मीक परम्परा अनुरुप आज कात्यायनी भगवतीको पूजा गर्ने गरिन्छ ।

आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

अघिल्ला वर्षहरुमा देवीदुर्गाका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भीड लाग्ने गरे पनि कोरोना संक्र्रमण जोखिमका कारण देवीदुर्गाका मठमन्दिर तथा शक्तिपीठहरुमा विधि पूजाबाहेक दर्शनार्थीको भीडभाड नहुँदा सुनसान रहेका छन् ।