बुटवल,५ कार्तिक ।
रुपन्देहीका १ सय ८७ सहित लुम्बिनी प्रदेशमा बुधबार थप ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका १ सय ९२ पुरुष र १ सय २९ महिला गरी थप ३ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिए ।

यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय ३५ पुगेको छ ।

बुधबार प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीका १ सय ८७ जना, बाँके जिल्लाका ७४ जना,बर्दीया जिल्लाका ३४ जना,पाल्पाका २० जना, नवलपरासी पश्चिमका १४ जना, कपिलवस्तुका ९ जना, अर्घाखाँची जिल्लाका ३ जना,गुल्मी, दाङ र रुकुम पूर्वका २÷२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभर हाल ४ हजार ४ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरका अस्पताल तथा आइसोलेसन केन्द्रहरुबाट थप १ सय १८ जना उपचारपछि निको भएर घर फर्कीएका छन् ।

हालसम्म प्रदेशका ११ हजार ५ सय ३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् भने १ सय ३१ जनाको मृत्यु भएको छ ।
प्रदेशभर हाल १ हजार ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।