बुटवल,५ कार्तिक ।
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २४ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाको बार्षिक कार्य प्रगति प्रतिवेदन,कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पारीत गरेको छ ।

शेयर सदस्यहरुको हितकालागि सहुलियत सहकारी कर्जा कोष स्थापना गर्ने प्रस्ताव समेत साधारण सभाले पारीत गरेको छ ।
शेयर सदस्य संख्या थप गर्ने, संहकारीलाइ विशिष्टिकृत संघसंग आवद्ध गर्ने, उत्पादन मुलक क्षेत्र,कृषि र त्यसको बजारीकरणमा लगानी बढाइ शेयर सदस्यहरुलाइ स्वरोजगार बनाउने योजना सहितको अध्यक्षको प्रतिवेदन पारीत गरेको हो ।

चालु आर्थिक बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्यय सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाले पारीत गरेको छ । सहकारीको चुक्ता पँुजी ५ करोड १५ लाख ७७ हजार छ । जगेडा कोषामा करिब २ करोड रहेको छ । ३५ करोड २५ लाख निक्षेप संकलन गरेको सहकारीले ३१ करोड ४४ लाख कर्जा लगानी गरेको छ । सहकारीको कुल दायित्व ४२ करोड ७८ लाख हो । तरलता २१.९७ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए ।

लेखा सुपरिवेक्षक समितिका सदस्य फर्शुराम भण्डारीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सहकारीका सल्लाहकार तथा जेष्ठ सदस्य क्याप्टेन प्रेमबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक लक्ष्मण पौडेल, संस्थाकी सचिव पार्वती थापा लगायतले सहकारीको आवस्यकता र महत्वको बिषयमा आ आफ्नो भनाई राखेका थिए ।

बृक्षा रोपण, शंकरनगर स्थित विपि बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिवीर, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको सहकारीले नगरपालिकाको कोभिड कोषमा ५१ हजार आर्थिक सहयोग गरेको सचिव थापाले जानकारी दिइन् ।

सिष्टर्स सोसाइटि मार्फत महिला शसक्तिकरणका कार्यक्रम संचालन गर्नुका साथै,सहकारी शिक्षा तालिम संचालन, २ हजार सुत्केरी पोषण खर्च,जेष्ठ सदस्यहरुकालागि ७० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था सहकारीले गरेको छ । शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गरेको छ ।

सहकारी बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अनुरुप संचालक समिति,सल्लाहकार र लेखा सुपरिवेक्षण सहितको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको सहकारीले जनाएको छ ।