पाल्पा,५ कार्तिक ।
पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका–७ का ७८ वर्षिय वृद्ध रहेका छन् ।

उनको पाल्पाको पर्भास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धको बुधबार मृत्यु भएको हो ।
यसैबीच पाल्पामा बुधबार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालहरुका १७ जना, माथागढी गाउँपालिकाका ५ जना,रिब्दीकोट गाउँपालिकाका र बगनासकाली गाउँपालिकाका २÷२ जना तथा पूर्वखोलाका गाउपालिकाका १ जना गरी २७ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४१ पुगेको छ ।

हाल पाल्पामा २ सय ६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् भने ७ सय ७० जना निको भएर घर फर्कीएका छन् ।

पाल्पा जिल्लामा अहिलेसम्म ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।