बुटवल,५ कार्तिक ।
नेपालमा एकैदिन ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार १ सय १८ जनाको पिसिआर परिक्षण गर्दा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

नेपालमा एकैदिन संक्रमण पुष्टि भएको यो अहिले सम्मकै उच्च संख्या हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

हाल नेपालमा ४४ हजार ४ सय ७६ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४ हजार ६ सय ७६ संस्थागत आइशोलेसन र २९ हजार ८ सय जना होम आइशोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म ९९ हजार ६ सय ५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ७ सय ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ४ हजार ६५ जना क्वारेन्टिनमा रहेका छन् ।