बुटवल,१ कार्तिक ।
तिलोत्तमाका ५० सहित रुपन्देहीमा शनिबार थप १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६५ महिला र ९३ पुरुष गरी १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय ८६ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सबैभन्दा धेरै ५० जना, बुटवल उपमहानगरपालिकामा ४५ जना, सिद्धार्थनगर नगरपालिकामा ३९ जना, , देवदह नगरपालिकामा र सियारी गाउपालिकामा ५÷५ जना, रोहिणी गाउपालिकामा ४ जना, सैनामैना नगरपालिका,ओमसतिया गाउपालिका र कोटहीमाई गाउपालिकामा ३÷३ जना तथा मा मायादेवी गाउपालिकामा १ जना गरी १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म २ हजार ८ सय २९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन भने ४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देहीमा १ हजार ८ सय १० जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।