पाल्पा,१ कार्तिक ।
तानसेनका १८ सहित पाल्पामा शनिबार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाल्पाको तानसेन नगरपालिकाका १८ जना, रामपुरका २०, पूर्वखोलाका ९, रैनादेवीका २, बगनासकालीका १९, तिनाउका २ रिब्दीकोट गाउपालिकाका १ र अन्य अस्पतालका २ जना गरी ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेनकोे वडा नं ६ का सात जना, वडा नं १ का एक जना, वडा नं ४ का तीन जना, वडा नं ३ का दुई जना, वडा नं १२ का एक जना र वडा नं ९ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक शिरबहादुर रानाले जानकारी दिए ।
अन्य तीन जनाको भने ठेगना खुल्न नसकेको तानसेन नगरपालिकाले जनाएको छ ।

शनिबार थपिएका ७५ जना संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ । पाल्पामा अहिलेसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७ सय ५० जना निको भएर घर फर्कीएका छन् ।

शनिवार थपिएका संक्रमितहरु अधिकांस समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

हाल पाल्पा जिल्लाभर २ सय १५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितहरु केही होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ३ सय ३० जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ ।

ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५० जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा शुक्रबार पनि १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।