बुटवल, १ कार्तिक
फेवा बचत तथा ऋण सहकारी संस्था लि.बुटवल–६,रुपन्देहीको १२ औं वार्षिक साधारण सभा तथा पांचौं अधिवेशन नयां नेतृत्व चयन गरि आज बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले पुनःप्रेमबहादुर गुरुङको अध्यक्षतामा नौं सदस्यीय नयां कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमबहादुर सोमैमगर,सचिवमा इन्द्र सारुमगर,कोषाध्यक्ष नूमकली राहदीमगर र सदस्यहरुमा खेमराज भट्टराई,कल्पना थापा,रविन्द्रकुमार श्रेष्ठ,शारदामाया गुरुङ र सपना पुन रहेका छन् ।

अधिवेशनले हेमबहादुर थापाको संयोजकत्वमा रामेश्वर ढकाल र समिक्षा बलाल सदस्य रहेको तीन सदस्यीय लेखा समिति निर्वाचित गरेको छ ।

साधारण सभाले अध्यक्ष प्रेमबहादुर गुरुङले प्रस्तुत गरेको अध्यक्षको प्रतिवदन,कोषाध्यक्ष नितु थापामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा संयोजक हेमबहादुर थापाले प्रस्तुत गरेकोे लेखा प्रतिवेदन छलफल पश्यात पारित गरेको छ ।

अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आजै निर्वाचन अधिकृत नरेश पाण्डेले पद तथा गोपनियताको सपथ खुवाए ।

यसअघि साधारण सभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले फेवालाई साच्चिकैं उत्कृष्ट बनाउंनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा फेवा साकोसका संस्थापक अध्यक्ष यामबहादुर तारामी थापामगर,निवर्तमान अध्यक्ष मधुमाला तारामीमगर,पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल,राष्ट्रिय सहकारी बैक बुटवलका प्रबन्धक नरेश पाण्डे लगायतले बर्तमान अवस्थामा सहकारीको जिम्मेवारी रदायित्वबारे आ आफ्नो भनाई राखेका थिए ।

फेवा साकोसका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षता,सचिव मनोज रानाको सञ्चालन तथा उपाध्यक्ष जीवलाल भट्टराईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।