सांसद सहभागि कार्यक्रम समेत बहिस्कार
बुटवल,१ कार्तिक ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने क्रममा नेकपाका प्रदेश सांसद तुल्सी प्रसाद चौधरीलाई नेपाली काँग्रेसले कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेको छ ।

चौधरी प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरी जनमतको अपमान गरेको बिरोधमा कालोझण्डा देखाएको काँग्रेसले जनाएको छ ।

प्रदेश सभा सदस्य चौधरी सहभागि भएको सो कार्यक्रम काँग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत बहिस्कार गरेका छन् ।

भवनको उद्घाटनको बिरोध नभई राजधानी सार्ने पक्षमा भाोट हाल्ने नेकपाका सांसदको बिरोध गरेको काँग्रेसले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी आउने कार्यक्रम तय भए पनि नेपाली काँग्रेसले शुद्धोधनमा कालोझण्डा देखाउने सुइको पाएपछि मन्त्री गिरी कार्यक्रममा सहभागि नभएको जनाइएको छ ।

नेपाली काँग्रेस रुपन्देहीको निर्देशनमा काँग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद चौधरीलाई कालोझण्डा देखाएका हुन् ।