बुटवल,१ कार्तिक ।
कञ्चन जेसिज बर्ष २०२० को आयोजनामा कञ्चनको लौसामा बलात्कार र आत्महत्या विरूद्व आत्मरक्षा तथा मनोपरामर्श विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले महिला तथा यौन हिंसाको अन्तिम रुप नै बलत्कार र हत्या भएको भन्दै बलत्कार र आत्महत्याका बिरुद्ध आफुलाई बलियो र आत्म सुरक्षित बनाउन जरुरी रहेको बताए ।

सामाजिक संजालहरुको दुरुपयोग र नबिनतम प्रबिधिलाई सही ढंगले उपयोग नगर्दा समाजमा यौन हिंसा र बलत्कार जस्ता जघन्य अपराधले प्रश्रय पाएको भन्दै अध्यक्ष क्षेत्रीले नबिनतम प्रबिधि र सामाजिक संजालहरुलाई समाजमा हुने अनेक हिंसा,अपराध लगायतका बिरुद्ध आत्मरक्षाका आत्मबल संचित गर्ने साधनको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणि पौडेलले हरेक किशोर किशोरीहरुले कुनैपनि काम गर्दा परिवार तथा आफु भन्दा ठूला अभिभावकहरुसंग समन्वय र सहकार्य गरी अपराधलाई न्युनिकरण र निरुत्साहित गर्नु पर्ने बताए ।

समाजमा महिला तथा यौन हिंसा बढ्नुको मुख्यकारण हाम्रो ब्यक्तिगत ब्यबहारहरुले पनि रहेको भन्दै उनले आफ्नो बानी ब्यबहारहरुलाई समयानुकुल परिबर्तन गर्दै समाजमा हुने महिला तथा यौन हिंसाको बिरुद्ध आत्मरक्षाको बिकास गर्न आवस्यक रहेको बिचार व्यक्त गरे ।

सो अवसरमा ऋषी न्यौपानेले महिला हिंसा लगायतका अपराध बिरुद्ध आत्मरक्षाका लागि कसरी आत्मवल संचित गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
समाजमा महिला तथा बालिका बलत्कार र हत्या बढ्दै गइरहेको सन्दर्भमा कञ्चन जेसिजले बलत्कार र आत्महत्या बिरुद्ध आत्मरक्षा मनोपरामर्श सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको कञ्चन जेसिजका अध्यक्ष बाबुराम पौडेलले जानकारी दिए ।