बुटवल,१ कार्तिक ।
नेपालमा शनिबार थप ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन्

नेपालमा हालसम्म ८९ हजार ८ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।

देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ७ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ हजार ४ सय ५१ जना, ललितपुरमा १ सय ५२ जना र भक्तपुरमा १ सय ४३ जना रहेका छन् ।