बुटवल,१ कात्तिक । गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिला रहेकी छन् ।
उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा गयराती मृत्यु भएको हो ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

हालसम्म गुल्मीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।