बुटवल,१ कार्तिक ।
सब डिभिजन बन कार्यालय मुर्गिया,रुपन्देहीका बनरक्षक प्रेमचन्द्र बिकलाई सेवाग्राहीसँगबाट १२ हजार रूपयाँ रकम सहित अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार लुरूपयाेग अनुसन्धान आयाेग बुटवलको टोलीले बनरक्षक बि.क. लाई शनिबार
बिहान ८.५० बजे सेवाग्राहीसँग १२ हजार घुस लिईसकेकाे अवस्थामा रूपन्देहीको सैनामैना -६ कलाैनीचाेकबाट रंगेहात नियन्त्रणमा लिएको आयाेगकाे बुटवल स्थित कार्यालयका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिए ।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत भनी सेवाग्राहीसँग घूस/रिसवत माग गरेकाे भन्ने उजुरी एवम् सूचनाकाे आधारमा अनुसन्धान एवम् निगरानीकाे लागि अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय बुटवलबाट खटिएकाे टाेलीले घूस बापत १२ हजार रूपया लिईसकेकाे अवस्थामा बनरक्षक बि क लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सूचना अधिकारी भुसालले बताए ।
२४ घण्टामा २ वटा अप्रेसन
नेपालीहरुको महान पर्व बिजया दशमीको मुखमा अख्तियारको बुटवल स्थित कार्यालयले पछिल्लो २४ घण्टामा गरेको २ वटा अप्रेसन सफल भएको हो ।
अख्तियारको बुटवल स्थित कार्यालयले शुक्रबार इलालका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार सिबचन्द्र सहानी र उनकी क्षीमती निर्मला केबटलाई ४ लाख घुस सहित नियन्त्रणमा लिएको थियो ।