बुटवल,३० असाेज ।
ईलाका प्रहरी कार्यालय, बुटबलमा कार्यरत प्रहरी हवलदार सिबचन्द्र सहानी र उनकी क्षीमती निर्मला केबल ४ लाख घुस सहित अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलबाट खटिएको टोलीले सेवाग्राहीसँ घुस लिदै गरेको अवस्थामा आज दिउँसो रूपन्देहीको सियारीबाट उनिहरूलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवलदार सहनी र उनकी श्रिमतीलाई ४ लाख घुस रकम लिदै गरेको अवस्थामा शुक्रबार दिउँसो रूपन्देहीको सियारी गाउपालिका ७, खनाल मिठाई पसल नजिकैबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । प्रकाउ परेका हुन ।

मुद्दा चलेर थुनामा रहेका मानिसलाई धरौटीमा छुटाईदिने भन्दै आफन्त सेवाग्राहीसंग रकम लिदै गर्दा सहनी दम्पतीलाई नियन्त्रणमा लिएको
अख्तियार बुटवल कार्यालयले जनाएको छ ।